पहिरोले घर पुरिदा एकको मृत्यु, दुई घाइते

समाचार

Sharing is caring!





कास्की । पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ ।गएरातिदेखिको वर्षापछि घरमाथिबाट पहिरो आएको कास्की प्रहरीले जनाएको छ। घरसँगै पहिरोमा पुरिएर सन्तोष सुनारको ज्यान गएको प्रहरीको भनाइ छ ।पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।




Leave a Reply

Your email address will not be published.