करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु – News543Online

समाचार

Sharing is caring!





दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुबैको घटना स्थलमा मृत्यु हुन पुगेको प्रहरीले बताएको छ ।




Leave a Reply

Your email address will not be published.