वराह बचत तथा ऋण सहकारी पीडित विरुद् मेयर हर्क साङपाङले हाले प्रहरीमा उजुरी

समाचार

Sharing is caring!





वराह बचत तथा ऋण सहकारी पीडित विरुद्ध धरान उपमहनागरका प्रमुख हर्कराज राईले जाहेरी दिएका छन् । सोमबार वराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसहित २जनाको नाममा जाहेरी दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार संघर्ष समिति विरुद्ध २ जनाको नाममा जाहेरी दर्ता लिएका छौ। उनले भने, ‘जाहेरी आएको छ । व्याक्तिको नाम प्रकाउ नपरुन्जेल गोप्य नै राखेका छौ।’

नगरपालिका स्रोतका अनुसार भने ५ जना विरुद्ध जाहेरी दिएका हुन् । आइतबार ११ बजे वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय नगर प्रमुख हर्कराज राईको अभिव्यक्तिसँग आक्रोसित बनेको भीडले राईको कार्यकक्षको झ्याल तोडफोड गरेका थिए । सोही तोडफोड विरुद्ध प्रमुख राईले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

हर्कराईले यसबारे बुझ्दा उनले भने ‘पीडितहरुलाई कुनै समूहले परिचालन गरि अधिकृत सरहका व्यक्तिलाई धम्क्याउने र विरोध शैली पनि उक्साउटमा भएकाले कानुनी प्रकृयामा जानु बाध्य भएको हुँ । पीडितहरु विरुद्ध भन्दा नी मेरो लडाई स्वार्थरत समूह विरुद्ध हो।




Leave a Reply

Your email address will not be published.