म्याग्दी पहिरो अपडेट : ५ को मृत्यु, २ जना घाइते

समाचार

Sharing is caring!





मंगलबार बिहान आएको पहिरोले घर बगाउँदा म्याग्दीका एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।

म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।

प्रहरी टोली भर्खरै घटनास्थल पुगेको प्रवक्ता ढकालले जानकारी दिएका छन् । बेपत्ता तीन जनाको शव भेटिएको पनि भेटिएको जानकारी दिंदै उनले भने, ‘योसँगै मृतकको संख्या ५ पुगेको छ । सबै जना एकै परिवारका हुन् ।’

उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो ।

यस्तै त्यही ठाउँमा पहिरोले अर्को घर पुर्दा दुई जना घाइते भएका छन् । स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published.