प्रजातन्त्र टाठाबाठाका लागि मात्रै होइनः पूर्व राजा ज्ञानेन्द्र

प्रजातन्त्र टाठाबाठाका लागि मात्रै होइनः पूर्व राजा ज्ञानेन्द्र

समाचार

Sharing is caring!

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र सबै जनता र सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्ने बताएका छन् ।

पूर्व राजा शाहले ७० औं प्रजातन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको भनाइ छ।

‘केही टाठाबाटाका निमित्त होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ’, शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै प्रजातन्त्र शब्दमा होइन, कर्ममा देखिनुपर्ने पनि शाहको भनाइ छ । ‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा हाेइन सारमा झल्कनु पर्दछ।

प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन– त्यो जीव पद्धति र व्यवहारमा देखिनु पर्दछ। राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो’, पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शाहले आफू देशविदेशका भ्रमणमा जाने क्रममा प्रजातन्त्र प्रतिफलकारी हुन नसकेको पाएको पनि उल्लेख गरेका छन्। ‘नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन’, उनले विज्ञप्तिमा भनेका छन् ।

पूर्वराजा शाहले आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्ने बताएका छन्। ‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ’, शाहले विज्ञप्तिमार्फत् भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *