विवाह गर्छु भनेर इटहरीको एक होटलमा युवती ल्याएर ज,बरजस्ती क,रणी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकृत, प्रहरी निरीक्षक बिष्णु,बहादुर खड्काका अनुसार विवाह गर्छु भनेर इटहरीको होटलमा ल्याएर ज,बरजस्ती क,रणी गर्ने पुरुषलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ४ बस्ने ३४ वर्षीय छत्रबहादुर खड्का रहेका छन् । उनले सोही ठाउँकी २७ वर्षीया युवतीलाई विवाह गर्छु भनेर इटहरी ६ मा रहेको तिरुपति होटलमा ल्याएर जबरजस्ती क,रणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
‘घटना ०७८ चैत्र १ गतेको रहेछ, गत जेठ २३ गते मात्रै हामीकहाँ पी,डितबाट जाहेरी आएको हो,’ उनले टाकुरासँग भने, ‘प्रहरीमा जाहेरी परेपछि फरार रहेकाको खोजी गर्ने क्रममा बिहीबार पक्राउ गरी अदालतमा हाजिर गराएका छौँ ।’
पक्राउ परेका खड्कामाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।
Post Views:
8