पेलोसीले ताइवान भ्रमण गरेसँगै ताइवानको स्वशासित टापु क्षेत्रमा चीनले सैन्य अभ्यास गर्दै

समाचार

Sharing is caring!





अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै ताइवानको स्वशासित टापु क्षेत्रमा चीनले सैन्य अभ्यास गर्दैछ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि सैन्य अभ्यास सुरु गरेको हो । चिनियाँ सेनाले लडाकु विमानसहित परीक्षण पनि गरेको बताइएको छ । चिनियाँ मिडियाका अनुसार चिनियाँ सेनाले अगस्ट ४ देखि ७ सम्म टापुका ६ वटा क्षेत्रमा ुलाइभ फायरिङु अभ्यास गर्ने छन् ।

चिनियाँ सीसीटीभीले मंगलबार राति उक्त क्षेत्रमा चिनियाँ लडाकु विमानहरू उडिरहेको भिडियो सार्वजनिक गरेको थियो । ताइवानले भने चिनियाँ सेनाको यस्तो अभ्यासले संयुक्त राष्ट्र संघको नियम उल्लंघन गरेको भन्दै विरोध जनाएको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको बारेमा समाचार सार्वजनिक भएसँगै चीनले निरन्तर विरोध जनाउँदै आएको छ ।

चिनियाँ अधिकारीहरूले यस भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिँदै आएका छन् । मंगलबार चीनले विज्ञप्ति जारी गर्दै यस भ्रमणले दुई देशको सम्बन्धमा गहिरो असर पार्ने भन्दै चीनको एक चीन नीतिको उल्लंघन गरेको जनाएको छ । अमेरिकी सरकारले पेलोसीको भ्रमणको औपचारिक जानकारी नगराए पनि पेलोसी ताइपेइमा अवतरण गरेसँगै सभामुखको सचिवालयले विज्ञप्ति जारी गर्दै भ्रमणबारे जानकारी दिएको थियो ।




Leave a Reply

Your email address will not be published.