राजधानीको बौद्धबाट स्रोत नखुलेको ४९ लाख नगदसहित एकजना पक्राउ

समाचार

Sharing is caring!





काठमाडौंको बौद्धस्थित तिनचुलीबाट स्रोत नखुलेको ४९ लाख ५० हजारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा घर भएका धावा घ्याल्सेन छन् ।

धावा घ्याल्सेनको साथबाट ३२ लाख र डेराबाट १७ लाख ५० हजार स्रोत नखुलेको नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।

आरोपीले सो नगद ताइवानबाट ल्याएको प्रहरीलाई बताएका छन् । उनीबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।




Leave a Reply

Your email address will not be published.