बझाङमा भूकम्पले ६ घर पूर्णरुपमा ध्वस्त – Satyapati

बझाङमा भूकम्पले ६ घर पूर्णरुपमा ध्वस्त – Satyapati

समाचार

Sharing is caring!

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले बझाङमा ६ घर पूर्णरुपमा ध्वस्त भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले बझाङको थलारा गाउँपालिकामा वडा नम्बर ५ र छविसपाथिभेरा गाउँपालिकामा वडा नं. १ गरी ६ घर पूर्णरुपमा क्षति गरेको छ भने ३८ घरमा आंसिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

थलारा गाउँपालिका वडा नम्बर ९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, विरबहादुर नेपाली र छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ व्याँसीका डबल कामीको घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

त्यस्तै थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति भएको अवस्थीले बताए । जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक क्षति भएको छ ।

थलारा गाउँपालिका ९ सिरेटाका स्थानीय महोनराज जोशीले भूकम्पको त्रासले रातभर गाउँभरिका मानिस आगो बालेर खुल्ला चौरमा बसेको बताए । भूकम्पले धेरै मानवीय क्षति नभए पनि अधिकांस पुराना घरहरुमा क्षति पुर्याएको सामान्य जानकारी आए पनि नेटवर्कको समस्याका कारण सबै ठाउँबाट पूर्ण जानकारी आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *