सत्ता वाहिरका कम्युनिष्ट एक बनाउने ओलीको प्रयास, राप्रपासँग चुनावी तालमेल गर्ने तयारी

समाचार

Sharing is caring!

संसदीय निर्वाचन आगामी मंसिरमा गर्ने सरकारको तयारीका वीच एमाले चर्को दवावमा देखिएको छ । यहि गठबन्धन रहे निर्वाचनपछि पनि प्रतिपक्षमा चित्त बुझाउनुपर्ने यर्थाथकावीच नयाँ समिकरण निर्माण उसका लागि अपरिहार्य बनेको छ । जसका लागि दौडधुप बढाएका ओली यतिवेला सम्भावित गठबन्धनको खोजीमा छन ।

सत्ता गठबन्धनसंग आगामी चुनावमा पनि तालमेल गरेर अघि बढ्ने कांग्रेसको निर्णय र सम्भावित वाम गठबन्धनको चर्चा सेलाएपछि एमाले यतिवेला सम्भावित समिकरणको खोजीमा लागेको छ । यसअघि बाटै अध्यक्ष ओलीले सत्ता गठबन्धन लोभी पापीहरुको सत्ता बार्गेनिङ स्थल बनेको बताँउदै आएका थिए । भागवन्डाकै कारणधेरै दिन नटिक्ने उनको विश्वास थियो भने आफूले चाहे एक हप्तामा गठबन्धन फुटाईदिने अभिव्यक्ती दिदै आएका थिए ।

तर उनको अभिव्यक्ती र उक्साहट भन्दा विपरित कागेस नै गठबन्धनको पक्षमा एक ढिक्का भएपछि ओली झस्किएका छन । स्थानीय तह निर्वाचनमै एमाले साईजमा आएपछि जनमत आफ्नो पक्षमा नरहेको बुझेका उनले पछि हटेर संसदको अवरोध हटाउने काम गरेका थिए । यहिवीचमा एमसीसी र नागरिकता विधेयकलाई समेत एमालेले भोट क्यास गर्ने उपायका रुपमा अपनाउने रणनिति लिएको थियो ।

तर आफ्नै दोहोरो चरित्रका कारण जनतासामु उदाङ्गो बनेपछि अव पाँच विरुद्ध एक लड्न नसकिने वुझाईमा एमाले छ । कम्युनिष्ट नै प्रयोग गरेर बहुमत ल्याउने कांग्रेसको योजना सफल हुने त हैन भन्ने अर्को भय एमालेमा देखिएको छ ।यसैको ओलीले कांग्रेसलाई पहिलो पार्टी बनाउने दुष्ट उद्देश्य बोकेका वामपन्थीहरूसँग तालमेल नहुने भन्दै तितो पोख्ने गरेका छन् ।

उनले सत्ता गठबन्धन बाहिर रहेका वामपन्थी शक्तिलाई भने एकताका लागि अपिल नै गरेका छन । प्रतिक्रियावादीहरुले ठूलो चुनौति दिइरहेका बेला संगै मिलेर काम गर्न आग्रह गरेका उनले आफ्नौ उखाने लवजमा ठूलै भाँडामा पकाएको ढिँडो खाउनँ, फेरि साना–साना भाँडा किना बसाउनुप¥यो भनी प्रश्न नै गरेका थिए ।

यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ओली इतिहासमा नराम्रोसँग पछारिएको टिप्पणी गर्दै आएका छन । आफू तेश्रो शक्ती हुने र किङमेकर बन्ने दाउमा रहेका उनले समाजवादी केन्द्र नै गठन भएपनि गठबन्धनलाई असर नपुग्ने बताँउदै आएका छन यहिवीचमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पनि माओवादी केन्द्र र एकीकृत समाजवादीवीच एकता हुने बताँउदै आएका छन ।

तत्काल एमालेसंग भने एकताको सम्भावना नरहेको उनको अभिव्यक्तीले पनि ओली अव सत्ताभित्रका कम्युनिष्ट निरिह बनेर आफ्नोमा नआउने निष्कर्षमा पुगेका छन । सत्ताभित्रबाट उपेन्द्र यादव नेतृवको जसपा र राप्रपा लगायतसंग तालमेल गर्ने तयारीमा एमाले देखिएको छ ।

हुन त गठबन्धनसम्बन्धी कांग्रेस केन्द्रीय समितिको निर्णय र प्रचण्डको मागवीच एक मत नहुने र त्यसैमा खेल्न पाईने आशामा पनि एमालेमा छ । त्यसका लागि पर्ख र हेरको स्थितीमा रहेको उसले अन्तिम अश्त्रका रुपमा आफै झुक्ने उपाय नअपनाउला भन्न सकिदैन ।

अन्यथा केवल विपक्षीलाई गाली गरेकै भरमा एजेन्डाविहिन रुपमा निर्वाचन होमिदा पाँच दल अघि एमाले निरिह बन्नेमा कुनै शंका छैन । यसको विकल्प एमालेले कसरी खोज्छ अहिलको चासोको विषय यहि बनेको छ ।

Leave a Reply

Your email address will not be published.