बन्जीजम्प गर्दा डोरी चुँडिएर ३३ वर्षकी महिलाको मृ’त्यु’

समाचार

Sharing is caring!





बन्जीजम्प गर्दा एक महिलाको निधन भएको छ । यो घटना हो कजाकिस्तानको । ३३ वर्षकी येभजेनिया लियोन्टेवा नाम गरेकी युवतीको १० अक्टोबर २०२१ मा फ्री९फ्लाई जम्पको क्रममा मृत्यु भएको हो । उनको सय फिट उचाइबाट सिधै भुइँमा खसेर मृत्यु हुँदा उनका श्रीमान पनि सँगै भएपनि उनले आँखा अगाडि श्रीमतीको मृत्यु देखे तर उनलाई बचाउन भने सकेनन् ।ताकाचेन्कोले भने ‘मेरो आँखा अगाडि श्रीमतीको मृत्यु भयो।’ अदालतमा भनिएको छ कि येभजेनिया भन्दा पहिले उनकी एक साथी फ्री फ्लाई गएकी थिइन् । र उनले यसलाई सफलतापूर्वक पूरा गरिन् । साक्षीहरूले अदालतमा भने कि जम्प गर्नु अघि येभगेनिया डराएकी थिइन्। तर प्रशिक्षकले बारम्बार हाम फाल्न भनेका थिए ।यसपछि अलेक्ज्याण्डरले श्रीमतीलाई ‘आई लभ यू’ भने र उनी हाम फालिन् । समाचारमा जनाइए अनुसार सपोर्टिङ डोरी रुखमा नबाधिएपछि महिला हावामा झुण्डिनुको सट्टा सिधै भुइँमा रहेको फलामको बारसँग ठोक्किएकी थिइन् । येभजेनियाका तीन छोराछोरी छन्। सबै १४ वर्ष मुनिका छन् । यस मामलामा, प्रशिक्षक मुजिनिकासलाई दोषी ठहराउदै ४ वर्षको जेल सजाए सुनाइएको छ ।




Leave a Reply

Your email address will not be published.