» भलिबल संघको वार्षिक क्यालेण्डर: नेपाल सुपर लिग फागुनमा

» भलिबल संघको वार्षिक क्यालेण्डर: नेपाल सुपर लिग फागुनमा

समाचार

Sharing is caring!

काठमाडौं । नेपाल भलिबल संघले २०७९ र ८० गरी दुई सिजनको एकमुष्ट वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

गत वर्ष नै सम्झौता भएर पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सन्चालन हुने भलिबल संघको वार्षिक कार्यक्रममा उल्लेख छ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टसँग संघले गत वर्ष फ्रेन्चाइज भलिबल लिगका लागि सम्झौता गरेको थियो । यही कम्पनीले फुटबलतर्फ नेपाल सुपर लिगको पहिलो संस्करण आयोजना गरेको थियो ।

गत भदौमा निर्वाचित नयाँ कार्यसमितिले दुई वर्षको कार्यक्रम एकैपल्ट सार्वजनिक गर्दा केहि नयाँ कार्यक्रम पनि समावेश गरिएका छन् । नेपालले अर्को महिना उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाउँदैछ । डिसेम्बर तेस्रो साता बंगलादेशमा हुने यू–२३ एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपालमा खेलाडी छनोट भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *