प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार थापाकाे निधन

प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार थापाकाे निधन

समाचार

Sharing is caring!

काठमाण्डाै – प्रदेश नम्बर १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाकाे निधन भएकाे छ । मन्त्री तथा मोरङ ३ (क) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार थापाको आज बुधवार नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हाे ।

गएकाे असाेज २३ गते मनाेनयन दर्ता गरेलगत्तै बिरामी पर्नुभएका उहाँमा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि नाेबेल अस्पतालमा उपचार भइरहेकाे थियाे । त्यसपछि उहाँलाई निमाेनिया र पायल्स देखिएपछि थप उपचारका लागि असाेज २७ गते हेलिकप्टरबाट काठमाण्डाैकाे ह्याम्स अस्पताल ल्याइएकाे थियाे ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखुवराका स्थायी घर भएका ५८ वर्षीय थापा असोज २३ गते मनोनयन दर्ता गरे लगत्तै बिरामी पर्नुभएको थियो । डेंगु सङ्क्रमण पुष्टि भएपछि नोबेलमै उपचार गराइरहनुभएका थापालाई निमोनिया र पायल्स देखिएपछि थप उपचारका लागि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।

थापाकाे स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपछि गएकाे साेमवार उहाँलाई विराटनगर ल्याइएकाे थियाे । श्वासप्रश्वासमा समस्या देखिएपछि गएकाे साेमवार उहाँलाई फेरि नाेबेल अस्पतालमा भर्ना गरिएकाे थियाे । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

थापाको निधन भएपछि त्यस क्षेत्रमा कांग्रेसको उम्मेदवारका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *