कर्मचारीलाई अनुशासनमा राख्न नसकेका निगमका कार्यकारी अध्यक्ष बर्खास्त

समाचार

Sharing is caring!

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

कानुनी आधार र ‌औचित्य बाहिर गएर ट्विनअटर विमान भाडामा दिएको, निगमनका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेकोलगायत आरोप लागेपछि सरकारले यस्तो कारबाही गरेको हो ।

यसबारे छानबिन गर्न समिति पनि बनेको थियो । सो, छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

सोही प्रस्तावअनुसार अधिकारीलाई बर्खास्त गरिएको हो । यस्तै, आजको बैठकले सहसचिव बिन्दु विष्टलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ ।


Leave a Reply

Your email address will not be published.