थापा मगरको उपचारका लागि एक लाख सहयोग

समाचार

Sharing is caring!

काठमाडौं । मेलम्ची नगरपालिका –९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको छ । लुकिमिया रोगसँग सङ्घर्षरत १५ वर्षीय उहाँलाई वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधबार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशीलको बुबा चन्द्रबहादुरलाई हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो ।

उहाँको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पका साथीहरु मिली रकम जुटाइएको अध्यक्ष लामाले बताउनुभयो । पीडितको आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब रु छ सात लाखा लाग्न सक्ने अनुमान गरिएकोले सहयोगी मनहरुले उहाँको बुबा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ ।

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउनुहुन्छ, व्यास नगरपालिका–४ का आशकुमार श्रेष्ठ । विसं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उहाँ पहिलो नै व्यक्ति हुनुहुन्छ ।

अन्य महिनामा बीस÷पच्चीसजना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई / तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उहाँको भनाइ छ ।

पहिला पहिला बिहानदेखि रातिसम्म ८÷९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा अहिले मुस्किलले दुई जना छन् । सञ्चालन श्रेष्ठ भन्नुहुन्छ, “भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।

”पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ ।
पछिल्लो समयमा गाउँ–गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन् ।रासस


Leave a Reply

Your email address will not be published.