एकैपटक ११ हजार कर्मचारी कटौती गर्दै फेसबुकका मालिक जुकरबर्ग – Satyapati

एकैपटक ११ हजार कर्मचारी कटौती गर्दै फेसबुकका मालिक जुकरबर्ग – Satyapati

समाचार

Sharing is caring!

विश्व चर्चित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गरिरहेको मेटाले आफ्ना १३ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ ।

कम्पनीले गर्न लागेको पहिलो तथा ऐतिहासिक कर्मचारी कटौतीमा ११ हजारजनाले जागिर गुमाउने छन् । विश्वभरि यस कम्पनी अन्तर्गत ८७ हजार कर्मचारी कार्यरत रहेका छन् ।

मेटाका प्रमुख कार्यकारिणी अधिकारी मार्क जुकरबर्गले भनेका छन्, ‘यो कटौती मेटाको इतिहासमै हामीले अहिलेसम्म गरेकामध्ये सबैभन्दा कठिन परिवर्तन हो । मलाई थाहा छ यसले सबैलाई अप्ठ्यारो पार्नेछ । म विशेषगरी यस निर्णयको मारमा पर्नेहरू प्रति क्षमाप्रार्थी छु ।’

ट्विटर र विश्वका अन्य प्राविधिक कम्पनीहरूले धमाधम कर्मचारी कटौती गर्न थालेपछि मेटाले पनि यो कदम उठाएको हो । ट्विटरले करिब पचास प्रतिशत कर्मचारी कटौती गरेको थियो ।

जुकरबर्गले भनेका छन्, ‘कोरोना महामारीको बेला बढेको राजस्वको आधारमा दिर्घकालीन आर्थिक वृद्धिको अपेक्षा गर्नु नै गल्ती भयो । धेरै मानिसले त्यसबेलाको प्रवेग स्थायी हुन्छ भन्ने भविष्यवाणी गरेका थिए । मैले पनि त्यही सोचेर हाम्रो लगानीलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने निर्णय गरेँ । तर बृहत आर्थिक मन्दी र बढ्दो प्रतिस्पर्धाको कारण राजस्व अपेक्षा गरिएभन्दा कम संकलन हुन पुग्यो । यो गल्ती मैले गरेँ र यसको जिम्मेवारी म लिन्छु ।’ मेटाको व्यापक कर्मचारी कटौतीको घोषणा हुने पूर्व अनुमान गरिएको थियो ।

स्रोत : बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *