अचम्म तर सत्य, एकैपटक बढुवा भएका बाबु(छोराले प्रहरीमा एकैदिन लगाए डीएसपीको फूली

समाचार

Sharing is caring!





प्रहरीमा बाबु-छोराले एकैदिन डीएसपीको फूली लगाएका छन् । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भए पछि बाबु–छोराले । राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी बिहीबार दर्ज्यानी चिह्न लगाएका हुन् ।

राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् ।राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका हुन् ।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् ।उनीहरुसहित बढुवा भएका डीएसपीलाई बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् । ध्रुवका बुबा राजेन्द्र २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए ।



Post Views:
30




Leave a Reply

Your email address will not be published.