पाँच वर्षअघि खाएको स्यान्डविचका कारण अहिलेसम्म पाद अनियन्त्रित भएको भन्दै कम्पनीविरु,द्ध मुद्दा दर्ता

समाचार

Sharing is caring!





बेलायतका एक व्यक्ति सन् २०१७ को डिसेम्बरमा क्रिसमसको अवसर पारेर परिवार भेट्न गएका थिए । त्यतिबेला उनले क्रिसमस मार्केटमा फेस्टिभ ह्याम स्यान्डविच खाएका थिए तर पाँच वर्षअघि खाएको स्यान्डविचले उनलाई अहिलेसम्म पनि दुःख दिइरहेको छ । ती व्यक्तिले त्यतिबेला खाएको स्यान्डविचले अहिलेसम्म पनि अनियन्त्रित पाद आइरहेको दाबी गरेका छन् ।

टाइरोन प्रेड्स पछिल्लो पाँच वर्षदेखि पीडादायी जीवन व्यतित गरिरहेका छन् । यसका लागि बर्मिङ्घमको एक क्रिसमस मार्केटमा खाएको फेस्टिभ रोल जिम्मेवार रहेको उनी दाबी गर्छन् । स्यान्डविच खाएको केही घण्टापछि नै टाइरोनलाई असाध्यै पेट दुख्यो त्यसपछि उनलाई ज्वरो आयो, झाडा लाग्यो, बान्ता भयो ।

उनी पाँच हप्तासम्म बेडमा परे । यो नै भयानक अनुभव हो जस्तो लाग्छ तर यो त समस्याका सुरुवात मात्रै थिए । त्यस दिनदेखि ४६ वर्षका ती व्यक्तिलाई नियमित र अनियन्त्रित पाद आइरहने समस्या देखिएको छ । यस्तै, उनको पेट यति धेरै कराउँछ कि उनी थुप्रै पटक मध्य रातमा ब्युझिँनेसमेत गर्छन् ।

तर स्यान्डविच खाएको पाँच वर्षपछि प्रेड्सले उक्त फुड स्टलका मालिकलाई २ लाख पाउन्डको मुद्दा हालेका छन् । उनका वकिलले हालै अदालतलाई दिएको बयान अनुसार उनको सुरुवाती समस्या कम भएपनि उनको निकै अचम्मले कराउने पेटको समस्याका साथै अत्यधिक र अनियन्त्रित रुपमा आउने पाद भने कहिल्यै पनि नियन्त्रणमा नआएको बताए ।

‘लक्षणहरु मुख्यतया थकान, पेट बाउँडिने र अत्यधिक पाद आउनेलगायत छन्,’ वकिलले भने । ‘दाबीकर्ताका अनुसार उनको पेट यति धेरै कराउँछ कि उनको निद्रा नै डिस्टर्ब हुन्छ ।’ टाइरोनका वकिलले थपे, ‘उनको लक्षण जीवन परिवर्तन गर्ने किसिमको छ । अत्यधिक र अनियन्त्रित रुपमा पाद आउने समस्याले उनलाई सार्वजनिक रुपमा बाहिर जान लज्जित बनायो ।’

पाँच वर्षअघि उनले खाएको स्यान्डविचमा साल्मोनेला रहेको विश्वास गरिन्छ । आ,रोप खेपेको फ्रान्कफर्ट क्रिसमस मार्केट लिमिटेडले भने चक्कुमा इकोली मात्र भेटिएको दाबी गरेको छ । पी,डित भनिएका व्यक्तिमा इकोलीको कुनै संक्रमण नदेखिएपछि साल्मोनेला भेटिएको भन्ने आरोपलाई भने पुष्टि नै गर्नुपर्ने कम्पनीले बताएको छ ।



Post Views:
8




Leave a Reply

Your email address will not be published.