दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ५४ वर्षीय लालबहादुर वलीको गुडिरहेको गाडीको सिटमै मृत्यु भएको छ ।
राप्ती राजमार्गअन्तर्गत रुकुमबाट तुलसीपुर हुँदै नेपालगञ्जका लागि छुटेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायस भित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो ।
सँगै यात्रा गरिरहेका वलीको मृत्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा नपाएको प्रहरीले जनाएको छ । सल्यानको बागचौर नगरपालिका २ थारमारेमा आएर खाना खान गाडी
रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले बताउनुभयो ।
ठूलो टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अनुमान नै नगरेको उहाँको भनाई छ । खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा वली नबोलेपछि उहाँको
ठूलो टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अनुमान नै नगरेको उहाँको भनाई छ । खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा वली नबोलेपछि