इजरायल जान चाहेका तर रोकिएका युवाहरुको भिसा धमाधम लाग्दै, पहिलो चरणमा यति धेरैको भिसा आयो

समाचार

Sharing is caring!





आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाको प्रवेशाज्ञा (भिसा) पाएका छन् ।लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो ।

भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ ।विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम सुरु भएको बताए ।

हाल इजरायल जाने प्रक्रियामा रहेका ८३४ मध्ये दोस्रो चरणमा ४०० जनाको भिसा आइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।पहिलो चरणसहित भिसा प्राप्त गर्नेको संख्या भने ६९८ पुगेको छ ।



Post Views:
30




Leave a Reply

Your email address will not be published.