नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्।प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्।
अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्।
गत वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरीको नयाँ महानिरीक्षक बनाउने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका थिए। उनी पनि महानिरीक्षकका दाबेदार थिए। उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेस थापासँग एक महिनाको विदा स्वीकृत गराएका थिए।
विदा लिएर पोखरेलले मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।एक महिनाको विदा सकिएपछि उनले विदा थप्न निवेदन दिएका थिए तर आइजिपी सिंहले उनको विदा स्वीकृत गरेका थिएनन्।सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए।
Post Views:
53