तीजको गीत रेकर्ड गराएर ७० वर्षीया आमाले पूरा गरिन् रहर (भिडियोसहित)

समाचार

Sharing is caring!





गायत्री भण्डारीको उमेर ७० वर्ष पूरा भयो । उमेर छँदा गाउँघरमा राम्रो भाका हालेर गीत गाएको सम्झना उनलाई अहिले पनि झल्झली छ । गाउँने नाच्ने रहर त सबैको हुन्छ, तर भाका मिलाएर, बान्की पारेर गाउँननाच्न सबैले सक्दैनन् ।

उहिबेला आफूले गाएको गीत रेकर्ड गरेर राख्ने सोचसम्म पनि थिएन, किनभने त्यो बेला सहजै गीत रेकर्ड गराउन सम्भव पनि थिएन । तर तिनै ७० वर्षीया आमाले यसपटक तीजमा ‘उहिलेका भाका’ नामक तीज गीत गाइन् । गाइनन् मात्रै रेकर्ड नै गराइन् । गायत्रीको भण्डारीको यस गीतमा व्यवसायिक गायिकाहरु जुनु रिजाल, लक्ष्मी मल्ल भण्डारी, मान्डवी त्रिपाठीले समेत स्वर भरेका छन् । पुरुषतर्फ रामचन्द्र काफ्ले, श्रीकृष्ण बम मल्लले पनि गाएका छन् ।

गीतमा गायक काफ्लेको संगीत छ भने शब्द श्रीकृष्ण बम मल्लको छ । युट्युबमा समेत अपलोड भइसकेको गीतको म्युजिक भिडियोमा पल्पसा डंगोल, सविता गुरुङ, करिश्मा ढकाल, इरोना मल्ललगायत कलाकारको अभिनय हेर्न पाइन्छ ।

भिडियाे :




Leave a Reply

Your email address will not be published.