‘कमेडी हब’ सोचे जस्तो चर्चा नपाएपछि माग्ने बुढाको ठाउँमा जितु नेपाललाई बोलाइयो

समाचार

Sharing is caring!





मिडिया हबको टेलिभिजन हास्य व्यंग्य कार्यक्रम ‘कमेडी हब’ अहिले प्रसारण भइरहेको छ । प्रसारण भइरहको उक्त कार्यक्रमको शो निर्देशन केदार घिमिरे ‘माग्ने बुढा’ले गरेका छन् । आगामी साता ११ औं भाग प्रसारण तयारीमा छ ।

निर्देशक माग्ने बुढाले नेपाली कमेडी शोमा यसले अलग्गै छाप छाड्ने पनि बताए पनि शोले राम्रो छाप छोड्न नसकेको भन्दै निर्देशनका लागि मिडिया हबले जितु नेपाललाई प्रस्ताव गरेको बुझिएको छ । बुझिए अनुसार माग्ने बुढाको प्याटर्न अनुसार शो अपेक्षित ढंगले हाइप नलिएपछि मिडिया हबले उनको विकल्प सोचेको बताइएको छ ।

तर प्रस्ताबलाई जितुले अस्विकार गरिदिएको बताइएको छ । जितुले आफू मुन्द्रेको कमेडी क्लब ल्याउने तयारीमा रहेकोले उक्त प्रस्ताब अस्विकार गरेको बताइउको छ । जितुले यतिबेला सुटिङका लागि सेट खोजिरहेका छन्, तर पाएका छैनन् ।

यता ‘कमेडी हब’ का लागि कम्पनीले निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ र राजा राजेन्द्रसँग २६ एपिसोडसम्मको लागि सम्झौता गरेको थियो । तर १० एपिसोड पूरा नहुँदै बाँकी भागको निर्देशनका लागि मिडिया हबले जितु नेपाललाई प्रस्ताव गरेको हो ।



Post Views:
66




Leave a Reply

Your email address will not be published.