नेपालगञ्जमा श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा ! – Satyapati

नेपालगञ्जमा श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा ! – Satyapati

समाचार

Sharing is caring!

 पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।

नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन् ।

केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी युवती त्यो श्रीमान् बनेकी युवतीलाई छोड्न चाहँदिनन् । घर परिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुटिन चाहेनन् ।

युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने युवती विवाहित हुन् । श्रीमान् छोडेर बसेकी उनले युवतीहरूसँग दोस्ती गरेर यौन धन्दामा लगाउने गरेको पाइएको छ ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वेश्यावृत्तिको उदाहरण दिँदै यो घटना सार्वजनिक गर्नुभएको हो ।

स्रोत : नेपाल समाचारपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *