मंसिर ४ गतेको निर्वाचनपछि प्रतिगामीहरु समाप्त हुन्छन् : महरा

समाचार

Sharing is caring!





नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनपछि प्रतिगामी शक्तिहरू समाप्त हुने बताएका छन् । दाङको घोराही उपमहानगरपालिका  १२ मा स्थानीयसँग भएका भेटघाट कार्यक्रममा बोल्दै महराले सो कुरा बताएका हुन् । उपाध्यक्ष महराले निर्वाचनमा लोकतन्त्र र परिवर्तनको रक्षामा लाग्ने दलहरू जनअनुमोदित हुने दाबी गरे ।अहिले मुलुकमा अग्रगमन र प्रतिगमनकारी शक्तिहरूबीच पेचिलो संघर्ष भइरहेको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका महराले निर्वाचनले अग्रगमनका पक्षधरहरूलाई अनुमोदित गराउने निश्चित भएको बताए । ‘नेपाली काङ्ग्रेस, माओवादी, समाजवादी सहितको दलहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एक ठाउँमा उभिएका छन्’ उनले भने, ‘एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरू यो परिवर्तनलाई उल्ट्याउने गरि एक भएका छन् ।’




Leave a Reply

Your email address will not be published.