दिपेन्द्रको शतकमा पुलिसले आर्मीलाई दियो ३ सय ५ रनको लक्ष्य

दिपेन्द्रको शतकमा पुलिसले आर्मीलाई दियो ३ सय ५ रनको लक्ष्य

समाचार

Sharing is caring!

काठमाण्डाै – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनायो । पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले १ सय ४० रन जोडे ।

यस्तै, आरिफ शेखले अविजित ९१ रनको अर्धशतक बनाए । आर्मीका विक्रम सोबले ३ विकेट लिए ।

आजको विजेता टोली फाइनलमा पुग्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई हराउँदै एपीएफ क्लब फाइनलमा पुगिसकेको छ । फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *