सहमतिपछि खुल्यो कर्णाली राजमार्ग – Satyapati

सहमतिपछि खुल्यो कर्णाली राजमार्ग – Satyapati

समाचार

Sharing is caring!

जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द कर्णाली राजमार्ग खुलेको छ ।

तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर बजारतिर आउँदै गरेको निजी कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु हुँदा आफन्तजनले बिहीबार देखि सडक ठप्प पारेका थिए ।

उनीहरुले सडकमै पर्खाल लगाएर, काठ तेर्स्याएर सडक बन्द गरेका थिए । बन्दका कारण सयौं सवारीसाधन रोकिएका थिए । मृतकका आफन्त तुलराज गिरीले सरकारी मापदण्ड अनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको बताए । सहमतिपछि आफन्तले शव बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *