उपेन्द्र यादवको यूटर्न, मधेसवाद छाडेर ‘ओलीवादतिर’ – Satyapati

उपेन्द्र यादवको यूटर्न, मधेसवाद छाडेर ‘ओलीवादतिर’ – Satyapati

समाचार

Sharing is caring!

चुनावी प्रचार प्रसार उत्कर्षमा भएको बेलामा मधेसको जनमत परिवर्तनको पक्षमा देखिएको छ । कुनै बेला मधेसका मसिहा भनाउन रुचाउने उपेन्द्र यादव एमालेसँगको गठबन्धन गरेपछि उनीमाथि ओलीपथमा हिँडेको आरोप लागेको छ ।

मधेस आन्दोलनको रापतापमा चुनाव जितेसँगै आफूले दिएको वचन अनुसार संविधान पुनर्लेखन वा संशोधनभन्दा पनि केन्द्रिय सरकार बनाउने भत्काउन खेलमा पाँच वर्षसम्म लागेकाले पनि मंसिर ४ गते त्यसको प्रतिउत्तर दिन आतुर रहेको देखिन्छन् मधेसी जनता । समग्र मधेस सहितको स्वायत्त प्रदेश स्थापना गराएर मधेसलाई मुक्ति दिलाउन गठन भएको मधेसी जनअधिकार फोरमको अध्यक्ष बनेदेखि उपेन्द्र यादवले स्थापित गरेको १५ वर्षको विरासत जोगाउन अहिले धौ–धौ परेको छ ।

मधेसी दलप्रति देखिएको मधेस आक्रोशबाट जोगिन उनी मधेसवाद छाडेर ओलीको राष्ट्रवादी अभिनयको सहकर्मी पात्र बनेको चर्चा जसपा भित्रै चलिरहेको छ । खासगरी अहिले दुबै मधेसीलाई राष्ट्रिय पार्टीका लागि थ्रेसहोल्ड जोगाउन ठुलो चुनौती आइपरेको छ । जसपालाई मधेसबाट थ्रेसहोल्ड काट्न आइपरेको आपतबाट जोगिन उनी आफ्नो चुनावी मुद्दालाई यूटर्न गर्दै ओलीको राष्ट्रवादी नारालाई चुनावी प्रचारप्रसारका मुद्दा बनाएका छन् ।

संविधानको घोषणापश्चात भएको मधेस आन्दोलन र ६ महिनाको नाकाबन्दीमा संविधान संशोधन होइन, पुर्नलेखन गराउनेछु भन्दै उपेन्द्र यादव र उनको पार्टीले चुनावबाट ठुलो जनमत पाएको थियो । तर चुनावपछि संविधान पुनर्लेखन वा संशोधनको कुरा पर जाओस् मधेसीलाई झुक्याउन आलीसँग झुटो सम्झौता गरेर ओली सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्न सफल भए । यता मधेसमा पाएको जनमतले मधेसी गठबन्धनको प्रदेश सरकार बन्यो जसको मुख्यमन्त्री लालबाबु राउत गद्दी बने ।

यादव र उनका मुख्यमन्त्री लालबाबु राउत लगायतका जनप्रतिनिधिहरूको लागि मधेस आन्दोलन र मधेसी युवाहरूको सहादत सत्ताभोग प्राप्तिको साधन मात्रै प्रमाणित भयो । त्यसमा पनि केन्द्रदेखि प्रदेशसम्म मन्त्रीको लागि मधेसी नेताले गरेको हानथापले मधेसी सहिदको आत्मालाई निश्चय नै दुखी तुल्याएको छ । ओली सरकारमा बसेपनि प्रचण्डको जासुस भएको आरोपमा आलीले सरकारबाट बेइज्जत गरी निष्कासित गरेपछि उपेन्द्र यादव रिसले ओलीको विरोधमा जाइलागे ।

आफ्नै सांसदहरूले पार्टी फोड्न लागेपछि विभिन्न ठाममा हार गुहार गर्दै दुबै मधेसी दललाई एकीकरण गराए । जसपा पार्टीद्वारा कुनै निर्णय नगरिए पनि बिपक्षीद्वारा संसद्मा ल्याइएको ओली सरका विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्दै ओली प्रतिगमनकारी भए भन्दै जसपालाई टुक्र्याउन उपेन्द्र यादव पछि परेनन् । सबै ठिक भए पनि रातारात उपेन्द्र यादवमा आउने परिवर्तन पुनः चुनावअघि देखियो ।

पार्टीमै विदेशी दुतावासका कन्सुलरलाई बसाएर आफ्नै नेताहरूलाई कार्यवाही गर्ने र ओलीलाई प्रतिगमनकारी भन्ने ओलीसँग राता रात गठबन्धन गर्नु कुरा अर्कासँग जोडिएको पार्टीकै नेताबीच चर्चाको विषय रहँदै आएको छ । सधैँ मधेसको कुरा गर्ने उपेन्द्र थ्रेसहोल्ड कटाउन अहिले हिमाल, पहाड र तराइको कुरा गर्दै सरकारमार्फत जनताको समान हक, पहुँच र मुक्तिको कुरा गर्दै जनमतलाई लोभ्याउने कोसिसमा छन् । तर त्यो दिवास्वप्न जस्तो देखिएको छ ।

सधैँ मधेसको कुरा गर्ने उपेन्द्र थ्रेसहोल्ड कटाउन अहिले हिमाल, पहाड र तराइको कुरा गर्दै सरकारमार्फत जनताको समान हक, पहुँच र मुक्तिको कुरा गर्दै जनमतलाई लोभ्याउने कोसिसमा छन् । तर त्यो दिवास्वप्न जस्तो देखिएको छ ।

चुनाव जितेपछि आफ्ना मतदातासमक्ष गरेको वाचा पूर्णरुपमा असफल भएकोले उनको पराजय हुने निश्चित भएको आकलन गर्न थालिएको छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि नेपाल सदभावना पार्टीले मधेसको मुद्दाहरूलाई उठाउँदै आएपनि मधेसी जनअधिकार फोरम त्यसबेला सबै दलमा रहेका मधेसीहरूको साझा मञ्च रुपमा स्थापित भएको थियो । फोरमको नेतृत्वमा मधेस आन्दोलनले मधेसी, थारू र जनजाति लगायतका पछाडि पारिएकाको सवाललाई उठाएको थियो ।

तर सत्तालिप्साका कारण फोरम एउटा पार्टी बन्यो मधेसको मुद्दाभन्दा पनि सत्ताको राजनैतिक ध्रुवीकरणमै डुब्दै गयो परिणाम स्वरुप उपेन्द्र यादव रोडपतिबाट करोडपति बने तर समग्र मधेस ८ जिल्लामा सीमित भयो । आन्दोलन राजनीतिक प्रक्रिया हो, हरेक पटक यो आन्दोलन कर्ताकै पक्षमा सफल हुनुपर्छ भन्ने छैन, तर यसले केही न केही योगदान गरेको हुन्छ, मुद्दा अगाडि बढाएको हुन्छ । जसरी प्रजातन्त्रवादीको पक्षमा परिणाम नआए पनि २०३६ सालको आन्दोलनको जगमा २०४६ को प्रजातान्त्रिक आन्दोलन सफल भयो ।

पछिल्लो मधेस आन्दोलन मधेसी, थारू जनजातिको मुद्दाको सवालमा २०३६ को घटना सरह हो, यस अर्थमा एउटा २०४६ जस्तो आन्दोलन आउन बाँकी छ । पहिलो र दोस्रो मधेस आन्दोलन सम्झौतामा टुङ्गिदा समावेशी र समानुपातिक प्रतिनिधित्वका सवाललाई तत्कालीन अन्तरिम संविधानमा सामेल गरिएको थियो भने संघीयतालाई संवैधानिक संकल्प बनाउन सफल भएको थियो ।

तेस्रो मधेस विद्रोहको संज्ञा दिइएको पछिल्लो पटकको आन्दोलनलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा त्यसले देशलाई र मधेसलाई के दियो भन्ने सवाल उठिरहन्छ । २०७२ साउन २५ मा टीकापुरमा पुगेर मधेसका नेताले सम्बोधन गरेपछि त्यहाँ चलिरहेको थारू आन्दोलनमा ऊर्जा र जोश थपियो, एकीकृत रूपमा आन्दोलन अगाडि बढ्ने वातावरण बन्यो । साउन ३१ देखि सुरु भएको आन्दोलनमा भदौ १ मा सप्तरीमा प्रहरीको गोली लागि राजीव राउतको मृत्यु भएपछि आन्दोलनमा जनसहभागिता बढ्यो ।

पश्चिममा थारूको आन्दोलन, यता मधेसीको आन्दोलन समान माग र मुद्दाको लागि अगाडि बढेको थियो । भदौ ७ मा टीकापुरको घटना भएपछि बलपूर्वक राज्यले थारू आन्दोलन दबाउँदा समग्र आन्दोलनलाई नै क्षति पुग्यो । जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् ।

आन्दोलन हाँक्नेहरूले संवाद प्रक्रियामा रणनीतिक कमजोरी गरेका कारण आन्दोलनको अवतरण सम्मानजनक हुन नसकेको हो । मधेस आन्दोलनमा जनताको व्यापक सहभागिता र बलिदान भए पनि नेतृत्व पंक्ति विभाजित हुँदा तथा संवाद प्रक्रियामा कमजोर रणनीतिले गर्दा बिनानिष्कर्ष नै आंदोलन टुंगियो । यसैले त अहिले मधेसी दल अर्थात उपेन्द्र यादव प्रति ठुलो आक्रोश छ ।

उपेन्द्र यादवलाई अहिले तुलसी गिरी जस्तो प्रतिगमनकारीको सज्ञा दिन थालिएको छ । निर्वाचनपश्चात सत्ताको राजनीतिक दलदलमा फस्दै जाँदा आन्दोलनको मर्म नै मर्न पुगेको छ । आफुलाई कम्युनिष्टभन्दा राष्ट्रवादी भन्न रुचाउने केपी शर्मा ओलीको राजावादी, हिन्दुवादीसहितको खिचडी गठबन्धनमा होमिएका उपेन्द्र यादवले मधेसवादलाई त्याग्दै ओलीवादमा लागेका छन् । जसको एकमात्र उद्देश्य सत्ता प्रप्ति र १५ बर्ष देखिको विरासतको जोगाउनु मात्र हो ।

स्रोत : आइएनएस–स्वतन्त्र समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *