» बर्दियामा पाटे बाघ मृत फेला

» बर्दियामा पाटे बाघ मृत फेला

समाचार

Sharing is caring!

बर्दिया – बर्दियाको मधुवन नगरपालिका-८ मा पर्ने गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो ।

मृतावस्थामा फेला परेकाले त्याे बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ । जङ्गल हेरालुले बाघलाई मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *