» प्रिमियर लिगमा आर्सनलले उल्भ्सलाई हरायाे

» प्रिमियर लिगमा आर्सनलले उल्भ्सलाई हरायाे

समाचार

Sharing is caring!

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उल्भ्सलाई हराएको छ ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले उल्भ्सलाई २–० गोलले हराएकाे हाे । गएराति भएको खेलमा आर्सनलले खेलको ५४ र ७५औँ मिनेटमा गोल गर्यो ।

जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।

आर्सनलको १४ खेलमा ३७ अङ्क छ । समान खेलमा सिटीको ३२ अङ्क छ । म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग २–१ गोलले पराजित भयो । जितसँगै ब्रेन्टफोर्डको १५ खेलमा १९ अङ्क भएको छ । ब्रेन्टफोर्ड १०औँ स्थानमा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *