अमेरिकाकाे युनिभर्सिटी अफ भर्जिनियामा गोली चल्दा तीनकाे मृत्यु

अमेरिकाकाे युनिभर्सिटी अफ भर्जिनियामा गोली चल्दा तीनकाे मृत्यु

समाचार

Sharing is caring!

अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया क्याम्पसमा सोमबार बिहान भएको गोलीकाण्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ । दुईजना घाइते भएका सुरक्षा निकायले जनाएको छ ।

ुसशस्त्र र खतरनाकु बताइएका संदिग्ध आक्रमणकारी फरार छन् ।

युनिभर्सिटीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ूहाम्रा विद्यार्थीहरूमध्ये एक, क्रिस्टोफर डार्नेल जोनेस जुनियरले गोली चलाएको आशंका गरिएको छ ।ू

आक्रमणका बेला युनिभर्सिटीका अधिकारीहरूले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा आश्रय लिन चेतावनी दिएका थिए ।

स्थानीय समयअनुसार बिहान करिब साढे १० बजे युनिभर्सिटीको चार्लोट्टेसभिल्ले क्याम्पसको कल्व्रेथ रोडस्थित एउटा ग्यारेजमा गोली चलेको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सो युनिभर्सिटीका अध्यक्ष जिम र्‍यानले युनिभर्सिटी समुदायलाई पठाएको पत्रमा यस घटनामा तीनजनाको गोली लागी मृत्यु भएको तथा घाइते अवस्थामा अन्य दुईजनाको अस्पतालमा उपचार भइरहेको पुष्टि गरिएको छ ।

संदिग्ध आक्रमणकारीले बर्गन्डि ज्याकेट, निलो जिन्स, रातो जुत्ता लगाएको तथा संभवत कालो रंगको सवारी साधन चढेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले यस क्याम्पसमा रहेका विद्यार्थीका परिवार तथा साथीभाइलाई थप जानकारीका लागि इमरजेन्सी हटलाइनमा फोन गर्न आह्वान गरेको थियो । र्‍यानले युनिभर्सिटी अफ भर्जिनियामा यस्तो विभत्स हिंसा घटेकोमा आफू स्तब्ध हुन पुगेको बताएका छन् । सोमबार त्यहाँका सम्पूर्ण कक्षा रद्द गरिएका छन् ।

अमेरिकाकै सबैभन्दा प्रतिष्ठतमध्ये एक मानिने यो युनिभर्सिटी अमेरिकाभरिकै पब्लिक युनिभर्सिटीमा तेश्रो वरीयतामा रहेको छ । बीबीसीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *