ललितपुरमा ओलीकाे पैदलयात्रा

ललितपुरमा ओलीकाे पैदलयात्रा

समाचार

Sharing is caring!

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नागरिक समाज र स्वतन्त्र अगुवासहित आज पैदल यात्रा कार्यक्रममा सहभागी हुनुभएकाे छ।

मङ्गलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा ओली पनि सहभागी बन्नुभएको हो । चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो ।

उनीहरुले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बन्नुभएको थियो ।

चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्नाे चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *