» मङ्सिर ४ पछि एमालेकाे सरकार बन्छ, गठबन्धनकाे काम सकिन्छ : ओली

» मङ्सिर ४ पछि एमालेकाे सरकार बन्छ, गठबन्धनकाे काम सकिन्छ : ओली

समाचार

Sharing is caring!

माेरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएकाे छ ।

आज बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मङ्सिर ४ सम्म रहेको जिकिर गर्नुभयाे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उहाँले भन्नुभयाे, ‘ गठबन्धन खरानीको डल्लो हो, मङ्सिर ४ पछि फुट्छ । चुनावपछि एमाले नेतृत्वको सरकार बन्छ अनि गठबन्धनको के काम ?’

अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ हाम्रो जननी बेलायत हो तर हामी उभन्दा फरक ढङ्गले चलिरहेका छौं । बुहमतीय प्रणालीका कारण कसैको पनि बहुमत नआउने हुँदा हङ पार्लामेन्टको अवस्था आउँछ । त्यसाे हुँदा स्वार्थ केन्द्रित राजनीति हुने गरेको छ ।’

एमाले नेतृत्वको सरकार बनेपछि माओवादी शासकीय स्वरूप परिवर्तनको माग गर्दै सडकमा आउलान् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले चुनावपछि माओवादीको अस्तित्व सकिने जिकिर गर्नुभयाे । मङ्सिर ४ पछि माओवादी सडकमा जाने स्थितिमा नहुने उहाँको भनाइ थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *