दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेकाे आराेपमा दुई जना पक्राउ

दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेकाे आराेपमा दुई जना पक्राउ

समाचार

Sharing is caring!

दाङ – दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका २६ वर्षीय गोविन्द केसी र तुलसीपुर-५ बसपार्कका १९ वर्षीय आशिष  परियार रहेका छन् ।

उनीहरुले गएराति तुलसीपुरबाट जुम्लेकुला जाँदै गरेकाे भे १ ह ५४४३ अटाे नियन्त्रणमा लिइ  शान्तिनगर गाउँपालिका-४ रानीवनको जङ्गलमा लुटपाट गरेका प्रहरीले जनाएकाे छ ।

अटाे चालकको साथमा रहेकाे २ हजार ९ सय २० रुपैयाँ र मोबाइल लिएर भाग्दै गरेको अवस्थामा उनीहरुलाई शान्तिनगर मतदान केन्द्रमा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *