तर चिसो बढेकाले भोट हाल्न जाँदा र चुनावमा खटिँदा ध्यान दिन सुझाव

तर चिसो बढेकाले भोट हाल्न जाँदा र चुनावमा खटिँदा ध्यान दिन सुझाव

समाचार

Sharing is caring!

काठमाण्डाै – आज देशभरको मौसम सामान्यता सफा रहने मौसमविद्ले बताएका छन् ।

आज प्रतिनिधि सभा र प्रदेश  सभा चुनावको मतदान हुँदैछ । चुनावका लागि मौसम पनि अनुकूल बनेको छ । अहिले केही ठाउँको मौसम आंशिक बदली भए पनि बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पानी पर्ने र भारी हिमपात हुने सम्भावना छैन । तर चिसो बढिरहेकाले भोट हाल्न जाँदा र मतदान केन्द्रमा खटिँदा ध्यान दिन मौसमविद्को सुझाव छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारी तथा मतदातालाई चिसोबाट जोगिन मौसमविद्ले सचेत गराएका छन् । चिसोले स्वास्थ्यमा असर गर्ने भएकाले न्यानो कपडा लगाउन र मन तातो र झोलिलो खानेकुरा खान डाक्टरले पनि सुझाव दिएका छन् ।

धेरैजसोले चिसोको समयमा पानी कम खाने भएकाले बेलाबेलामा मन तातो पानी खाइरहन पनि डाक्टरको सुझाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *