पाल्पाको एक मतदान केन्द्रमा समानुपातिक मतपेटिका साटियो, खसेको ६८ मत रद्द गरी फेरि मतदान सुरु

पाल्पाको एक मतदान केन्द्रमा समानुपातिक मतपेटिका साटियो, खसेको ६८ मत रद्द गरी फेरि मतदान सुरु

समाचार

Sharing is caring!

पाल्पा – पाल्पाको एक मतदान केन्द्रमा खसेको ६८ मत रद्द गरी पुनः मतदान सुरु गरिएको छ ।

तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा भएको मतदानमा सङ्घ र प्रदेशको समानुपातिकको मतपेटिका साटिएपछि खसेका ६८ मत रद्द गरी पुनः मतदान गरिएको हो ।

मतपेटिका साटिएको थाहा भएपछि भएको विवादले केही बेर मतदान प्रक्रियासमेत रोकिएको थियो । विवादपछि खसेका सबै मत रद्द गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाएर मतदान अघि बढेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

दोहोर्‍याएर मतदान गर्नु परेपछि जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *