» भोजपुरमा २ बजेसम्ममा ३२ प्रतिशत मत खस्यो

» भोजपुरमा २ बजेसम्ममा ३२ प्रतिशत मत खस्यो

समाचार

Sharing is caring!

भोजपुर – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत भाेजपुरमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार जिल्लामा शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार भोजपुर कारागारका कैदीबन्दीले भने मतदान गरिसकेका छन् । मतदाता नामावलीमा नाम भएका सबै ५७ जना कैदीले मतदान गरिसकेका निर्वाचन कार्यालयका प्रमुख तथा निर्वाचन अधिकृत तोपलाल भुसालले बताउनुभयाे ।

भाेजपुरमा मतदान बिहान ७ बजेदेखि सुरु गरिएको थियो । भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *