» हुम्लामा मतदान गर्न जाने क्रममा एक जनाको ज्यान गयो

» हुम्लामा मतदान गर्न जाने क्रममा एक जनाको ज्यान गयो

समाचार

Sharing is caring!

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजनाको ज्यान गएको छ।

मतदान गर्न कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षका मकवीर कार्कीको ज्यान गएको हो ।

मतदान गर्न मतदान केन्द्र जाने क्रममा कार्कीको हृदयघातका कारण ज्यान गएको हो । उहाँको मतदान केन्द्र नपुग्दै बाटोमा ज्यान गएको कोट माध्यमिक विद्यालयका मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *