रामेछापमा मतदान गरेर बाहिरिने क्रममा बेहाेस भएर लडेका एक वृद्धकाे ज्यान गयो

रामेछापमा मतदान गरेर बाहिरिने क्रममा बेहाेस भएर लडेका एक वृद्धकाे ज्यान गयो

समाचार

Sharing is caring!

रामेछाप – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत रामेछापमा मतदान गरेर बाहिरिने क्रममा बेहोस भएर ढलेका एक वृद्धकाे ज्यान गएको छ ।

लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटका ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो । बेहाेस भएर ढलेका सुनुवारलाई सुरक्षाकर्मी र आफन्तले उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको लिखु गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो ।

मृतक सुनुवारले लिखु गाउँपालिकाको वडा नं ४ मा रहेको भृङ्गेश्वर मावि कोटगाउँ मतदान केन्द्रमा मतदान गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *