साउदी युवराजलाई दिइएको कानुनी छुटको प्रतिरक्षामा अमेरिकाले दियो मोदीको उदाहरण

साउदी युवराजलाई दिइएको कानुनी छुटको प्रतिरक्षामा अमेरिकाले दियो मोदीको उदाहरण

समाचार

Sharing is caring!

साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान कानुनी कारबाहीमा छुट दिएकोमा जो बाइडेन सरकारको आलोचना भइरहेको छ । यस निर्णयको प्रतिरक्षामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नरेन्द्र मोदीलगायत अन्य राष्ट्र प्रमुखलाई पनि यस्तै उन्मुक्ति दिएको बताएको छ ।

शुक्रबार सम्पन्न पत्रकार सम्मेलनमा एक पत्रकारले अन्य राष्ट्र प्रमुखले पनि यस्तै उन्मुक्ति पाउँछन् कि पाउदैनन् भन्ने प्रश्न सोधेका थिए । जवाफमा विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले भने ,‘ अमेरिकाले यस्तो गरेको यो पहिलो पटक होइन । यो लामो समयदेखि अभ्यास हुँदै आएको कुरा हो । ’

त्यसपछि पटेलले उन्मुक्ति दिइएका राष्ट्र प्रमुखको नाम दिए । उनले भने ,‘ केही उदाहरणहरू हुन् । सन् १९९३ मा हाइटीका राष्ट्रपति एरिस्टाइड, सन् २००१ मा जिम्बाब्वेका राष्ट्रपति मुगाबे, त्यसपछि सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सन् २०१८ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोका राष्ट्रपति काबिलालाई छुट दिइएको थियो ।’
उनले भने ,‘ अमेरिकामा राष्ट्र प्रमुख, सरकार प्रमुख र परराष्ट्रमन्त्रीलाई सहुलियत दिने अभ्यास छ ।’

पत्रकारले विगतमा छुट पाएका कुनै पनि राष्ट्र प्रमुख र सरकार प्रमुखमाथि अमेरिकामा बस्ने व्यक्तिको (खशोग्गी अमेरिकाका स्थायी निवासी थिए) हत्या आरोप नरहेको तर्फ इंगित गरे ।
पत्रकारको यस टिप्पणीको जवाफमा प्रवक्ताले भने ,‘ मुद्दा कस्तो खालको छ भन्ने होइन । न त यो खशोग्गी मुद्दाको प्रकृतिको बारेमा नै हो । न त यसले खशोग्गी मुद्दामा हाम्रो धारणालाई प्रतिबिम्बित गर्दछ । यो निर्णय विशुद्ध युवराजको कानूनी स्थिति र सरकारमा उनको भूमिकासँग सम्बन्धित छ ।’

सन् २००५ मा अमेरिकाले तत्कालिन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीमाथि भिसा प्रतिबन्ध लगाएको थियो । मोदीमाथि सन् २००२ को गुजरात दंगमा अप्रत्यक्ष भूमिका निभाएको आरोपमा भिसा प्रतिबन्ध लगाइएको थियो । तर यो प्रतिबन्ध मोदी सन् २०१४ मा प्रधानमन्त्री भएपछि हटाइएको थियो ।

मोहम्मद बिन सलमानलाई सरकार प्रमुखको रुपमा अमेरिकामा कानुनी सुरक्षा हुने बताइएपछि खशोग्गीकी श्रीमतीले यसको आलोचना गरेकी थिइन् ।

के हो खशोग्गीको मुद्दा हो ?
अमेरिकी पत्रिका ‘वाशिंगटन पोस्ट’का रिपोर्टर खशोग्गी अन्तिम पटक २ अक्टोबर २०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा देखिएका थिए । रिपोर्टका अनुसार उनको शव टुक्रा–टुक्रा गरी दुताबासबाट साउदी अरब लगिएको थियो ।

हत्याको केही हप्तापछि, युवराजले रियादमा एक लगानी सम्मेलनमा घटनालाई जघन्य अपराध भन्दै दोषीहरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरे । सन् २०१९ सेप्टेम्बरमा, साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सार्वजनिक रूपमा पत्रकार जमाल खशोग्गीको हत्याको जिम्मेवारी लिएका थिए ।

खशोग्गीको हत्याको एक वर्ष पूरा हुनुअघि अक्टोबर १ मा प्रसारण हुन लागेको एक वृत्तचित्रमा बोल्दै युवराजले पीबीएसका मार्टिन स्मिथसँग आफू हुदाँहुदैं घटना भएकाले यसको पूर्ण जिम्मेवारी लिने बताएका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *