» सिन्धुलीमा ५२ प्रतिशत मत खस्यो

» सिन्धुलीमा ५२ प्रतिशत मत खस्यो

समाचार

Sharing is caring!

सिन्धुली – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत सिन्धुलीमा ५२ प्रतिशत मत खसेको छ ।

दुई वटा अस्थायी मतदान केन्द्रसहित जिल्लाभर दुई सय ६८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । दुई लाख आठ हजार तीन सय ६९ मतदाता रहेको सिन्धुलीमा ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय सिन्धुलीले जनाएको छ ।

जिल्लाको दुई वटा अस्थायी मतदान केन्द्रबाट बुथ सङ्कलनको काम भइसकेको र अन्य केन्द्रको बुथ सङ्कलन गरेपछि सर्वदलीय बैठक बसी मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको सुरक्षा समितिले २५ वटा मतदान केन्द्रलाई अति संवेदनशीलकाे सूचीमा राखे पनि जिल्लाभर मर्यादित र भयरहित वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । चुनावमा आठ सय १२ नेपाल प्रहरी, एक हजार तीन सय ८९ म्यादी प्रहरी, जनपथ प्रहरी, नेपाली सेनालगायतको समन्वमा सुरक्षा व्यवस्था मिलाएको छ ।

यसैबीच सिन्धुलीमा ९३ जना कैदीबन्दीले कारागारबाटै मतदान गरेका छन् । उनीहरूले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *