कालीकाेटमा साढे ५६ प्रतिशत मत खस्याे, मतपेटिका गणना स्थलमा ल्याइँदै

कालीकाेटमा साढे ५६ प्रतिशत मत खस्याे, मतपेटिका गणना स्थलमा ल्याइँदै

समाचार

Sharing is caring!

कालीकोट – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव अन्तर्गत कालीकाेटमा ५६ प्रतिशतभन्दा धेरै मत खसेकाे छ ।

जिल्लाका एक सय २४ वटा केन्द्रमा भएकाे मतदानमा ५६ दशमलव ५६ प्रतिशत मत खसेकाे मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनुभयाे । ८० हजार सात सय ३३ मतदाता रहेको कालीकोटमा ४५ हजार नाै सय तीन मत खसेकाे हाे ।

अहिले जिल्लाका महाबै, शुभकालीका, नरहरिनाथ, सान्नीत्रिवेणी गाउँपालिकाको मतपेटिका गणना स्थलमा ल्याउने काम भइरहेको छ । त्यस्तै खाँडाचक्र, तिलागुफा गाउँपालिकाबाट मतपेटिका आजै ल्याउने तयारी गरिएको छ ।

जिल्लाको रास्कोट नगरपालिका, पचालझरना र पलाँता गाउँपालिकाको मतपेटिका भाेलि साेमवारसम्म गणना स्थलमा ल्याइ पुर्‍याउने गरी तयारी गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमाले बताउनुभयो । यी तीन पालिकाकाे मत खसेकाे सङ्ख्या आइसकेकाे छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *