» भारतको बिहारमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु

» भारतको बिहारमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु

समाचार

Sharing is caring!

बिहारको वैशाली जिल्लाको मेहनार क्षेत्रमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरहरू अनुसार मेहनार–हाजीपुर मार्गमा उक्त घटना भएको हो । सडक किनारमा हिँडिरहेका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ७ जना बालबालिको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार आइतबार राति ९ बजेको समयमा नयाँगाउँ टोलमा मानिसहरु सडक किनारमा पूजाआजा गरिरहेको समयमा तीव्र गतिमा आएको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *