चितवनमा मतगणना गरिँदै

चितवनमा मतगणना गरिँदै

समाचार

Sharing is caring!

चितवन – तीन निर्वाचन क्षेत्र रहेको चितवनमा मत गणनाको तयारी गरिएको छ। गएराति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि गणनामा ढिलाइ भएको छ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिँदै छ। बिहान ९ बजेपछि गणनाको तयारी गरिएको छ।

जिल्लाको क्षेत्र नं १ मा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ। यो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।
क्षेत्र नम्बर ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो। यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन्।

जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन्। उनीहरुमध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्।  १ सय ६१ मतदानस्थलमा  ४ सय ६० मतदान केन्द्र रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *