कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

समाचार

Sharing is caring!

कास्की – कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिकतर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्।

कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो। पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना गरिएको हो।

प्रतिनिधि सभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ। त्यसै री नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गर्नुभएको छ।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलीय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *