मकवानपुरमा मतगणनाको तयारी, सूचना प्रवाह ‘वानडोर सिस्टम’बाट

मकवानपुरमा मतगणनाको तयारी, सूचना प्रवाह ‘वानडोर सिस्टम’बाट

समाचार

Sharing is caring!

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ को मतगणनाको तयारी गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले सर्वदलीय बैठक सम्पन्न भएको र ११ बजेदेखि मतगणना सुरु हुने जानकारी दिए ।

उनका अनुसार हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा मतगणना गरिने छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक गरिने छ । एकैपटकमा १० स्थानमा मतगणना गर्ने तयारी भएकाे सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराइले बताए । मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । एक साता भित्रमा सबै नतिजा आइसक्ने उनले बताए ।

मतगणनाको नतिजाको विवरण संकलनका लागि सूचना डेस्कको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलका अनुसार मतपरिणामको जानकारी दिन आधिकारिक व्यक्ति तोकिएको र ‘वान डोर सिस्टम’बाट मात्र सूचना प्रवाह हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *