तारजाली लगाउनाले धनकुटाको मतगणना दिउँसो १ बजेबाट सुरु हुने

तारजाली लगाउनाले धनकुटाको मतगणना दिउँसो १ बजेबाट सुरु हुने

समाचार

Sharing is caring!

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।

मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको उनको भनाइ छ । धनकुटामा एमालेबाट राजेन्द्रकुमार राई र नेपाली कांग्रेसबाट सुनिलबहादुर थापा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *