» तेह्रथुमको आङ्दिममा पुन: मतदान हुने

» तेह्रथुमको आङ्दिममा पुन: मतदान हुने

समाचार

Sharing is caring!

तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साँटिएपछि पुनस् मतदान हुने भएको छ । छथर गाउँपालिका(१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनस् मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुनस् मतदान गराउने निर्णय भएको निर्वाचन आयोगमा लेखी पठाएको छ ।

सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्यासमेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनस्मतदान गर्न माग गरेको र सो निर्णयबमोजिम आयोगमा लेखी पठाएको बताए ।

सो केन्द्रमा ८४४ मतदाता थिए । त्यसमध्ये आइतबार ४५६ जनाले मतदान गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *