» इलाममा झलनाथ र सुवास पछाडि

» इलाममा झलनाथ र सुवास पछाडि

समाचार

Sharing is caring!

प्रतिनिधि सभा निर्वाचन अन्तरगतको मतगणनामा इलाममा दुई हेभिवेट नेता झलनाथ खनाल र सुवास नेम्वाङ पछि परेका छन् । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल नेकपा एमालेका महेश बस्नेतसँग पछि परेका हुन् ।

खनालले ३ हजार ७८८ मत ल्याउँदा बस्नेतले ४ हजार ३३६ मत ल्याएर अग्रता बनाएका छन् । त्यहाँ कुल १० हजार १४२ मत गनिएको छ जसमध्ये ४९० मत बदर भएको छ । यता क्षेत्र नम्बर २ मा नेम्वाङ झिनो मतले पछि छन् । नेम्वाङले २ हजार १०१ मत ल्याउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार १७८ मत ल्याएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *