स्वतन्त्र उम्मेदवार अम्रेश कुमार सिंह र काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायबीच कडा प्रतिस्पर्धा

स्वतन्त्र उम्मेदवार अम्रेश कुमार सिंह र काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायबीच कडा प्रतिस्पर्धा

समाचार

Sharing is caring!

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर अम्रेश कुमार सिंह र सत्ता गठबन्धन दल नेपाली काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

गठबन्धन दलका रायले अहिलेसम्म दुई हजार २५४ मत ल्याउनु भएको छ भने स्वतन्त्र उम्मेदवार सिंहले दुई हजार २६९ मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवार सिह ५ मतले अघि हुनुहुन्छ ।

त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार मधुमला देवी यादवले १ हजार ६३३ मत प्राप्त गर्दै तेस्रो स्थान हुनुहुन्छ ।

क्षेत्र नम्बर ४ कुल मतदान एक लाख १२ हजार ४९४ रहेका छन् । यसपटकको चुनावमा त्यस क्षेत्रमा जम्मा ७२ हजार ८८२ मत अर्थात ६४.७ प्रतिशत मत खसेको थियो । अहिलेसम्म ८ हजार मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *